सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज इलिमिनेटर खेल हुँदै छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार दिउँसो ४ बजे काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौं अंक तालिकाको तेस्रो र लुम्बिनी चौथो स्थान हुँदै प्लेअफमा पुगेका थिए।
इलिमिनेटरमा जित्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल पुगिसकेको छ । पराजित भएको विराटनगरसँग आजको इलिमिनेटर जित्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । लिग चरणको खेलमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो।




प्रतिक्रिया दिनुहोस्