Skip to content

एनपिएल: विराटनगरलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा, सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त हुने

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार साढे ३ बजे प्रतिस्पर्धा हुने भएको छ। कीर्तिपुरमा बिहीबार भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै फाइनल यात्रा पक्का गर्‍यो। १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो । लुम्बिनीका तिलकराज भण्डारीले ३ विकेट लिए भने ट्रम्पलम्यान र अभिषेषले २-२ विकेट जोडे। विराटनगरका प्रारम्भिक ब्याटरहरू ६ बलमै तीन विकेट गुमाउँदै दबाबमा परेका थिए। साम हिजलेटले सर्वाधिक ३४ रन जोड्न सके ।  यसअघि ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटमा १३४ रन बनायो। डार्शी शर्टले ४५ रन र कप्तान रोहित पौडेलले ३४ रनको योगदान दिए। विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले ३–३ विकेट लिए । गत सिजन उपविजेता बनेको सुदूरपश्चिमले यसपटक लुम्बिनीसँग उपाधि भिड्नेछ।

प्रतिक्रिया दिनुहोस्