Skip to content

निजी क्षेत्रसँग सुझाव लिएर यातायात कानुन बनाउँछौँ – मुख्यमन्त्री बानियाँ

काठमाडौं  – बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले निजी क्षेत्रसँग सुझाव संकलन गरेर यातायातसम्बन्धी कानुन र ऐन निर्माण गरिने बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले ट्रक व्यवसायीका समस्यालाई समाधान गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । बागमती प्रदेशमा ६० प्रतिशतभन्दा बढी सवारी साधन दर्ता रहेकाले यातायात क्षेत्रमा उल्लेख्य सुधार गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

मुख्यमन्त्री बानियाँले लगानीलाई सुरक्षित र त्रासमुक्त वातावरण निर्माण गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै संघीय व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वय आवश्यक रहेको बताए। प्रदेशलाई यातायातलगायत क्षेत्रमा एकल अधिकार प्राप्त भएकाले नीतिगत सुधारलाई तीव्रता दिइने उनको भनाइ थियो । स्वास्थ्य क्षेत्रबारे बोल्दै उनले प्रदेश संरचना बनेपछि डाक्टर, नर्स तथा प्राविधिक जनशक्ति उत्पादनका लागि प्रदेशस्तरमा प्रतिष्ठान स्थापना गरिएको र ती प्रतिष्ठानलाई आवश्यक अधिकारसहित अघि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्