Skip to content

कांग्रेस विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने

काठमाडौं  – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् । आज बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेताहरुले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् । पार्टी विवादबारे आजै दुवै पक्षबीच वार्ता हुँदैछ । त्यसको मिति र स्थान भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्