Skip to content

गगन थापाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ – नेपाली कांग्रेसको नवगठित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने भएको छ । सभापति गगन थापाले नयाँ बानेश्वरको अर्पण ब्यांक्वेटमा बिहान साढे ११ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।  विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई शुक्रबारमात्रै निर्वाचन आयोगले मान्यता दिएको थियो । शनिबार बस्न लागेको केन्द्रीय समितिको बैठक दोस्रो हो । यसअघि बिहीबार ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । शनिबार बिहानै बस्ने गरी पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि विघटित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्