Skip to content

ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

ललितपुर – सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखाको भीमेश्वर नगरपालिका – ९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहटको ला चन्द्रनिगाहपुर नगरपालिका घर भई ललितपुर बस्ने २२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राईलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरूलाइ पेस्तोलसहित थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्