Skip to content

दार्चुलामा ७१ वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या

 

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर–८ झरकाँडा देवलमा गएराति ७१ वर्षीया लक्ष्मी जोशीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । स्थानीयका अनुसार जोशीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको आशंका गरिएको छ। गम्भीर घाइते अवस्थामा फेला परेकी जोशीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको छ। हाल घटनास्थल सुरक्षित गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। हत्या कसले र किन गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको र दोषी पहिचानका लागि स्थानीयसँग सोधपुछ भइरहेको जनाइएको छ । घटनापछि स्थानीयवासीहरू त्रसित भएका छन् भने गाउँमा शोकको माहोल छ। प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्