Skip to content

क्रियापुत्रीले गरे मतदान

स्याङ्जा – अर्जुन चौपारी गाउँपालिका –१ मा क्रियापुत्रीले मतदान गर्नु भएको छ ।

बिहीबार प्रतिनिधि सभा निर्वाचनमा यहाँको पञ्चकन्या मावि कबाट चन्द्रकान्त अर्याल र सुमित्रा पोखरेलले मतदान गर्नु भएको हो

अर्यालले आफ्नो बाबा र पोखरेलको ससुरा नुवादत्त अर्यालको मत्यु भएको पाँचौ दिनमा मतदान गर्नु भएको हो ।मतदान गर्दै अर्यालले बाबाको काजक्रियामा रहेपनि अमूल्य मतदान गर्ने अवसर सदुपयोग गरेको बताउनुभयो ।

यहाँ क्षेत्र नं– १ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर २ मा एक लाख १७ हजार ९३० मतदाता गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् भने जिल्लाभर १९९ मतदानस्थलमा ३२२ मतदान केन्द्र रहेका छन् ।

सुरक्षाका दृष्टिले ५६ वटा अतिसंवेदनशील, ७१ संवेदनशील र ७२ साधारण मतदान केन्द्र छन् ।

प्रतिक्रिया दिनुहोस्