काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि दुई दिने अनुशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारका अनुसार उक्त कार्यक्रम भोलि बिहान ९ बजेदेखि ललितपुरको इमाडोलमा सुरु हुनेछ र दुई दिनसम्म सञ्चालन गरिनेछ । कार्यक्रममा पार्टीबाट निर्वाचित प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका सांसदहरू सहभागी हुनेछन् ।
कार्यक्रममा पार्टीको विधान, अनुशासन, संसदमा प्रस्तुत हुने तरिका लगायतका विषयमा पार्टीका केन्द्रीय नेताहरूले प्रशिक्षण दिने व्यवस्था गरिएको नेता परियारले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो । यसका साथै नयाँ सांसदहरूलाई सञ्चारमाध्यमसँग बोल्ने शैली, सार्वजनिक रूपमा उठाउने विषय, सामाजिक सञ्जालको प्रयोग तथा पार्टीका गतिविधिसँग सम्बन्धित अन्य विषयमा पनि छलफल र प्रशिक्षण गरिने उहाँको भनाइ छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेख्य सफलता हासिल गरेको थियो । उक्त निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ तथा समानुपातिकतर्फ ५७ सिट जितेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्