Skip to content

नेविसंघको चेतावनी- विद्यार्थी संगठन खारेज गरेर आगोको गोलामा हात नहाल्नू

काठमाडौं – नेपाली कांग्रेसमा आबद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरू खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ । शुक्रबार काठमाडौंमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले त्यस्तो गलत काम अब बन्ने नयाँ सरकारले गरे त्यो आगोको गोलामा हात हाले सरह हुने समेत बताए ।

‘बालेन शाहजीलाई र्‍याप हान्न त्यो अधिकार नेपाल विद्यार्थी संघले दिएको हो । रवि लामिछानेजीलाई हिजो टिभी कार्यक्रम संचालन गर्न दिने, खुला मञ्चमा गएर भ्रष्टाचारीहरुको नाकको डाँडी भाच्ने भनेर बोल्ने त्यो अधिकार नेपाल विद्यार्थी संघले दिएको हो,’ उनले चेतावनीयुक्त शब्द प्रयोग गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतले समेत नेपाल विद्यार्थी संघ चाहिन्ख्छ उसले विद्यार्थीको अधिकारका लागि बोल्छ भनेर हामीलाई सर्वोच्चले पनि मान्यता दिएको छ । त्यसैकारणले म भन्न चाहन्छु, आगोको गोलामा हात हाल्ने काम नगर्नुहोला । त्यो आगोको ज्वालाले तपाईंहरू भष्म हुनुहुन्छ ।’ अध्यक्ष शेर्पाले कांग्रेसभित्रको गुटगत स्वार्थका कारण प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोर्नु परेको जिकिर समेत गरे ।

प्रतिक्रिया दिनुहोस्