काठमाडौं – राजधानी काठमाडौँको प्रमुख व्यापारिक क्षेत्र न्युरोडस्थित साना तथा मझौला व्यवसायीहरूको साझा संस्था नेपाल व्यापार संघको ३३औँ साधारण सभा तथा १७औँ अधिवेशनबाट शुसिला गौतम चौलागाईं सचिव पदमा निर्वाचित भएकी छन् । शनिबार काठमाडौँको राष्ट्रियसभा गृहमा भएको ३३औँ साधारण सभा तथा १७औँ अधिवेशनबाट शुसिला गौतम चौलागाईं सचिव पदमा निर्वाचित भएकी हुन् ।
निर्वाचनपछि चौलागाईंले आफूलाई महिला सचिवजस्तो गरिमामय पदमा निर्वाचित गराएकोमा सम्पूर्ण प्रतिनिधि तथा सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरेकी छन् । उनले आफूलाई दिइएको जिम्मेवारीलाई पूर्ण इमानदारीका साथ निर्वाह गर्ने प्रतिबद्धता समेत जनाइन् । उनले व्यापारीका हकहितका विषयमा संघले विगतमा सडकदेखि सदनसम्म आवाज उठाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि व्यवसायीका साझा मुद्दाहरूलाई सशक्त रूपमा उठाउने बताइन् । नेपाल व्यापार संघले साना तथा मझौला व्यवसायीहरूको अधिकार, संरक्षण र प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । नयाँ नेतृत्वसँगै संघले व्यापारीका समस्या समाधानमा अझ सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ । संघको अध्यक्षमा गिरीराज पोखरेल निर्वाचित भएका छन् ।





प्रतिक्रिया दिनुहोस्