काठमाडौं – व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई केहीबेरअघि पक्राउ गरेको हो । सीआईबी प्रमुख एआईजी डा. मनोज केसीले भट्ट पक्राउ परेको नेपाल प्रेसलाई बताए । सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा भट्ट पक्राउ परेका हुन् । सम्पत्ति शुद्धीकरण विभागले उनको पासपोर्ट केही दिनअघि मात्र रोक्का गरेको थियो । सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको थियो ।





प्रतिक्रिया दिनुहोस्