Skip to content

विदा धेरै हुँदा पाठ्यक्रम पूरा गर्न समस्या : सन्जय खड्का

काठमाडौं — नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले हप्तामा दुई दिन विदा, जाडो–गर्मी बिदा, शैक्षिक सत्रअघिको बिदा तथा परीक्षा अवधिका बिदा सबै कायम राख्दा हालको पाठ्यक्रम पूरा गर्न पर्याप्त समय नपुग्ने बताएका छन् ।

अध्यक्ष खड्काका अनुसार विद्यालयमा उपलब्ध अध्ययन समय घट्दै जाँदा विद्यार्थीले पाठ्यक्रम अनुसारको सिकाइ पूरा गर्न कठिन भइरहेको छ । उनले हालको पाठ्यक्रम अत्यधिक बोझिलो भएको र उपलब्ध समयसँग मेल नखाने भएकाले व्यावहारिक समस्या देखिएको बताए । उनले पाठ्यक्रमलाई वैज्ञानिक, व्यवहारिक र प्रयोगात्मक बनाउँदै समय सापेक्ष रुपान्तरण गर्न आवश्यक रहेकोमा जोड दिए । “विद्यमान विदा व्यवस्थापन र पाठ्यक्रमबीच सन्तुलन छैन, त्यसैले सुधार अपरिहार्य छ,” उनले भने । खड्काले सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक, सीपमूलक र विद्यार्थी केन्द्रित पाठ्यक्रम विकास गर्नुपर्ने सुझाव पनि दिएका छन्। साथै, सिकाइको गुणस्तर सुधार गर्न समय व्यवस्थापनसँगै शिक्षण विधिमा समेत सुधार आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्