Skip to content

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य, शेख दाजुभाइको उत्कृष्ट प्रदर्शन !

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा पूरै विकेट गुमाएर २५६ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेखले ९४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, अर्जुन कुमालले ४८ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रन प्रहार गरे । त्यस्तै, नेपालका लागि आरिफ शेखले आक्रमक ब्याटिङ गरे । उनले २४ बलमा ४३ रन प्रहार गरे । ओमानका नदीम खानले ३ तथा शकिल अहद र हसनैन शाहले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्