काठमाडौं – अधिवेशन आह्वानको पहिलो दिन नै सरकारले नीति तथा कार्यक्रम प्रश्तुत गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी वैशाख २८ गते बस्ने दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रश्तुत गर्नेगरी कार्य तालिका बनाएर प्रश्ताव गरेको हो । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले आगामी वैशाख २८ गते राष्ट्रपतिबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रश्तुत हुने बताए । सोही दिनको दोस्रो बैठकमा नीति तथा कार्यक्रमप्रति धन्यवादको प्रश्ताव पारित गर्ने कार्यसूची रहेको छ ।





प्रतिक्रिया दिनुहोस्