काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोड्यो। नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो। नेपाल र यूएईले टियु मैदानमा ३१० रन बनाएका थिए । डा. ईशान पाण्डेले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए। रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए ।





प्रतिक्रिया दिनुहोस्