Skip to content

क्यानले सार्वजनिक गर्‍यो नयाँ वर्गीकरण, ‘ए’ प्लसमा दिपेन्द्र, सन्दीप र रोहित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि खेलाडीको वर्गीकरण गरेको छ । सोमबार सार्वजनिक सूचीअनुसार वर्गीकरणमा ३५ पुरुष खेलाडी छन् । रोहितकुमार पौडल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको श्रेणी बढेको छ । उनीहरू ‘ए’ प्लस श्रेणीमा छन् । क्यानले पहिलोपटक यो श्रेणी छुट्टाएको हो । यसअघि तीनैजना ‘ए’ श्रेणीमा थिए ।

‘ए’ श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी छन् । ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी आरिफ शेख, भीम सार्की, नन्दन यादव, गुल्शन झा पर्दा ‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे ,बसिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल शाह छन् । ‘डी’ श्रेणी (डेभलपमेन्ट)मा तृतराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपीन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिस जिसी, सागर ढकाललाई राखिएको छ ।

‘ए’ प्लस श्रेणीका खेलाडीले मासिक एक लाख २० हजार पाउने छन् । ‘ए’ श्रेणीमा समेटिएकालाई एक लाख, ‘बी’ श्रेणीका खेलाडीलाई ७५ हजार, ‘सी’ श्रेणीकालाई ५५ हजार र ‘डी’ श्रेणीकालाई ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । यसअघि क्यानले ‘ए’ श्रेणीका लागि एक लाख, ‘बी’का लागि ७० हजार, ‘सी’का लागि ५५ हजार, डोमेस्टिकका लागि ३५ हजार र इमर्जिङका लागि २५ हजार रुपैयाँ पारिश्रमिक तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्