Skip to content

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

काठमाडौँ – जर्मनी फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ । मंगलबार बिहान भएको खेलमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरिएको हो ।खेलको ४२औँ मिनेटमा गोल गरेर पाराग्वेले सुरुवाती अग्रता कामय गरेको थियो । उक्त समयमा पाराग्वेका जुलियो एन्सिसोले गोल गरेका थिए ।

त्यसपछि ५४औँ मिनेटमा जर्मनीका काई हाभर्ट्जले गोल गरेर खेललाई बराबरीमा पुर्‍याएका थिए । उक्त १-१ को बराबरी निर्धारित ९० मिनेटको समयमा पनि बराबरी भएपछि खेललाई अतिरिक्त समयमा लागिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन सकेन । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा जमर्नी पराजित भयो । पेनाल्टीमा जर्मनी ३-४ गोलले पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्