फ्रान्सका स्टार फुटबलर किलियन एम्बाप्पे फिफा विश्वकपको सर्वाधिक गोलकर्ता बनेका छन् । एम्बाप्पे अर्जेन्टिनाका महान खेलाडी लियोनल मेस्सीलाई पछि पार्दै विश्वकपको सर्वाधिक गोलकर्ता बनेका हुन् । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि आइतबार बिहान अमेरिकामा भएको खेलमा इङ्ग्ल्यान्डविरुद्ध दुई गोल गरेपछि एम्बाप्पेले यो उपलब्धि हासिल गरेका हुन् । इङ्ग्ल्यान्डविरुद्ध गरेको दुई गोलसहित एम्बाप्पेको फिफा विश्वकपमा २२ गोल पुगेको छ । सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धामा मेस्सी एम्बाप्पेभन्दा मात्रै १ गोलले पछाडि रहेका छन् । मेस्सीको नाममा २१ गोल गोल छ । मेस्सीलाई भने एम्बाप्पेलाई पछि पार्ने मौका छ । मेस्सी सोमबार बिहान स्पेनविरुद्ध फाइनल खेल खेल्नेछन् ।
जारी विश्वकपको गोल्डन बुटको दौडमा पनि एम्बाप्पे र मेस्सीबीच नै प्रतिस्पर्धा छ । आज गरेको दुई गोलले एम्बाप्पेको गोल संख्या १० पुगेको छ भने एक खेल बाँकी रहँदा मेस्सीको ८ गोल छ ।



प्रतिक्रिया दिनुहोस्