काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहसँग टेलिफोनमा कुराकानी गरेका छन् । यसबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । ‘प्रधानमन्त्री बालेन शाहसँग कुराकानी गरेर नेपालमा बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गरेको छु,’ मोदीले भनेका छन्, ‘यस कठिन समयमा भारतका जनता नेपालका दिदीबहिनी र दाजुभाइहरूसँग ऐक्यबद्धतामा उभिएका छन्।’
उनले भारत नेपाललाई सबै सम्भावित मानवीय सहयोग प्रदान गर्न तयार रहेको उल्लेख गरेका छन् । ‘हाम्रा टोलीहरूले उद्धार र राहत प्रयासहरूमा नजिकबाट समन्वय गरिरहेका छन्,’ मोदीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्