Skip to content

क्यासिनोबाट गाउँपालिका अध्यक्षदेखि प्रहरीका इन्स्पेक्टरसम्म ८ जना क्यासिनोबाट पक्राउ

काठमाडौँ – नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसम्म ८ जना क्यासिनोबाट पक्राउ परेका छन्  । पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामको क्यासिनोमा प्रवेश गरी जुवा खेलेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराईका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इन्स्पेक्टर पौडेल र गाउँपालिका अध्यक्ष यादवसँगै सखुवाप्रसौनी गाउँपालिका–६ का ३० वर्षीय चन्दन सहनी तथा वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन् । प्रहरीका अनुसार उनीहरू क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउ परेका अन्य व्यक्तिहरूको विवरण तथा उनीहरूमाथि हुने कानुनी कारबाहीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्