Skip to content

कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन हुने (यस्तो छ कार्यतालिका)

काठमाडौँ  – नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले आज संशोधित कार्यतालिका प्रकाशित गरेको हो। यसअघि भदौ २४ गते वडा अधिवेशन गर्ने भनिएको थियो । बाढी विपद् र पार्टीभित्र सहमतिका लागि भन्दै वडा अधिवेशन मिति सारिएको पार्टीले जनाएको छ । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय समितिको छ।

नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशहरूको अधिवेशन २०८३ असोज १० गतेभित्र सम्पन्न गर्ने र जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समयतालिका दोस्रो चरणमा प्रकाशित गरिने कांग्रेसले जनाएको छ ।
यस्तो छ कार्यतालिका-

१. गाउँ-नगर वडा अधिवेशन

२०८३ असोज ३ गते शनिबार र ४ गते आइतबार (स्थानीय अनुकूलता अनुसार तय गरी सम्पन्न गर्ने)

६७४३ वटै वडामा अधिवेशन, वडा कार्यसमितिको निर्वाचन र क्षेत्रीय प्रतिनिधि चयन गर्ने।

२. गाउँ-नगरपालिका अधिवेशन

२०८३ असोज ७ गते बुधबार

३. प्रदेश सभा क्षेत्रीय अधिवेशन/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन-

२०८३ असोज १० गते शनिबार

४. केन्द्रीय महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते

प्रतिक्रिया दिनुहोस्