काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन् । लामिछाने श्रीमती निकिता पौडेलसहित तीनदिने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्न विमानस्थल पुगेका हुन् ।लामिछानेको निजी सचिवालयका अनुसार आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उनीहरु त्यहाँबाट भारततर्फ लाग्ने कार्यक्रम छ । भ्रमणका क्रममा भारतको उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ । निजी तथा पारिवारिक तीर्थाटन सम्पन्न गरी लामिछाने स्वदेश फर्किनेछन् ।


प्रतिक्रिया दिनुहोस्