काठमाडौं – फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चारैजना पाइलटको मृत्यु भएको छ । दुर्घटना स्थानीय समयअनुसार, दिउँसो ३:५१ बजे मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेस नजिकै भएको हो। दुवै ‘एसएफ-२६०’ विमान कम उचाइमा उडिरहेका थिए। एउटा विमानको भग्नावशेष सैन्यकर्मीहरूको ब्यारेक नजिकै खसेको थियो ।
फिलिपिन्सको वायुसेनाले एसएफ-२६० विमानहरूको उडानमा रोक लगाएको छ। अनुसन्धान पूरा नभएसम्म यी विमानहरू उडाइने छैनन्। यस वर्ष हावामै विमानहरू ठोक्किएको यो विश्वकै पाँचौँ ठूलो दुर्घटना हो । फिलिपिन्सले किनेको थियो १८ वटा विमान एसएफ-२६० इटालीमा बनेका ट्रेनिङ विमान हुन्। फिलिपिन्सले सन् २०१०-११ को अवधिमा यस्ता १८ वटा विमान इटालीको कम्पनीसँग किनेको थियो। यिनको प्रयोग वायुसेनाका पाइलटहरूलाई उडानको तालिम दिनका लागि गरिन्छ । फिलिपिन्सको सेनाले लामो समयदेखि आफ्ना सैन्य सरसामानलाई आधुनिकीकरण गर्ने प्रयास गरिरहेको छ, तर यसका लागि आवश्यक बजेट जुटाउनु चुनौतीपूर्ण बन्दै आएको छ। देशले वायुसेनाका विमानका साथै नौसेना र थलसेनाको क्षमता पनि बढाउनु पर्नेछ । दक्षिण चीन सागरमा चीनसँग बढ्दो क्षेत्रीय तनावका बीच यो आवश्यकता अझ महत्त्वपूर्ण बनेको छ। सैन्य आधुनिकीकरणका कैयौँ योजनाहरूमा बजेटको अभाव र तिनलाई पूरा गर्न भइरहेको ढिलाइजस्ता समस्याहरू पनि अगाडि आएका छन् ।


प्रतिक्रिया दिनुहोस्