प्रहरीका अनुसार रिनादेवीको घाँटीमा धारिलो हतियार प्रहार गरिएको घाउ देखिएको छ। उनको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। रिनाका श्रीमान् उमेशको शव भने घरबाट करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो। मिथिला बिहारी नगरपालिका–४ भरतपुर घर भएका उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए । उनी आइतबार मात्रै ससुराली पुगेका थिए। मृतक दम्पतीका चार वर्षीय छोरा पनि घाइते अवस्थामा फेला परेका छन् । बालकको एउटा तिघ्रामा धारिलो हतियार प्रहार गरिएको घाउ देखिएको प्रहरीले जनाएको छ। धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताए। उनका अनुसार घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनामा संलग्न व्यक्ति, घटनाको कारण र घटनाक्रमबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्