काठमाडौं – नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् । केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको समारोहमा सभापति गगनकुमार थापाले निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।
असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापति थापाले बडादशैंको फूलपातिका दिन शपथ ग्रहण र पदबहाली गरेका थिए । उनी प्रतिष्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले ३७५ मत ल्याएका थिए । महाधिवेशनबाट २३१ जना निर्वाचित भएका थिए । बिहीबार भएको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेका पदाधिकारी र केन्द्रस्य सदस्यहरूलाई आन्तरिक रुपमै पछि शपथ गराइने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । उनले सानेपामा आयोजित सपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेका विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरूले जुममार्फत भाग लिने जानकारी निर्वाचन समितिलाई गराएको बताए ।


प्रतिक्रिया दिनुहोस्