Skip to content

दुई लाख ५१ हजार राशीको बागमति प्रदेश स्तरीय भलिबल

दोलखा/जनयुद्धको क्रममा सहिद हुनुभएका माओवादी केन्द्रका नेता स्व. रितबहादुर खड्काको स्मृतिमा दोलखा युवा सञ्जालले प्रथम बागमति प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगीताको आयोजना गरेको छ ।
सोमबारबाट दोलखा सदरमुकाम चरिकोटमा आयोजित प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगीताको उद्घाटन माओवादी नेतृ एवं पूर्व राज्यमन्त्री देवी खड्काले गर्नु भएको थियो ।
प्रतियोगीतामा बागमति प्रदेश भित्रका १४ वटा पालिका टिमको सहभागिता रहेको आयोजक दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले बताउनु भयो । प्रतियोगीतामा विजेता टिमलाई दुई लाख ५१ हजार, उपविजेता टिमलाई एक लाख ५१ हजार, तृतिय हुने टिमलाई ५१ हजार र सानत्वना हुने टिमलाई २१ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक दोलखा युवा सञ्जालले जनाएको छ ।


दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर कुमार अधिकारीको सभापतित्वमा सम्पन्न खेल उद्घाटन कार्यक्रममा माओवादी केन्द्रको नेतृ एवं पूर्व राज्यमन्त्री देवी खड्का, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्