दाङ ।एकीकृत समाजवादी दाङले दङाली कम्युनिष्ट आन्दोलनका  योद्धा घनश्याम बुढाथोकीको १२ औं स्मृति दिवस मनाएको छ ।
हिजाे पार्टी कार्यालयमा आयोजित स्मृतिसभामा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोग बहादुर राणाले घनश्याम बुढाथोकी साँचो अर्थमा कम्युनिष्ट भएको बताए ।
‘घनश्याम अत्यन्त वर्गीय नेता हुनुहुन्थ्यो । सादा जीवन तर उच्च विचारका धनी हुनुहुन्थ्यो । समाजका भुइँ तहका उहाँ वास्तबिक नेता हुनुहुन्थ्यो । उहाँले आफ्ना लागि केही गर्नुभएन तर पार्टी र जनताका लागि सदा समर्पित हुनुभयो ।’ प्रमुख अतिथिका रुपमा बोल्दै राणाले भने ।
एकीकृत समाजवादी दाङका कार्यबाहक अध्यक्ष दामोदर लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त सभामा समाजवादीका नेताहरु चिरञ्जिबी बुढाथोकी, गुरुप्रसाद महरा, रामप्रसाद चौधरी, गजेन्द्र खड्का, शुशिला पौडेल, हरिकला बाँठा मगर लगायतले स्वर्गीय नेता बुढाथोकीबारे आफ््ना स्मृति सुनाएका थिए । कार्यक्रमको सहजीकरण जिल्ला उपसचित एवं प्रचार विभाग प्रमुख सूर्य बिसीले गरेका थिए ।
०६९ असोज १९ गते एमालेले आयोजना गरेको सरकार विरुद्धको देशव्यापी प्रदर्शनमा भाग लिन जाने क्रममा घोराहीमा बुढाथोकीको मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो । दाङको बिकट पहाडी गाबिस सैघा गाबिस(हाल घोराही उपमहानगरपालिका–१९ बाट ०४९ र ०५४ को स्थानीय निर्वाचनमा दुई पटक गाबिस अध्यक्षमा निर्वाचित स्व. बुढाथोकी कार्यकर्तामाझ निकै लोकप्रिय रहेका थिए भने उनलाई धेरै जसोले नेत्रलाल अभागिको सच्चा उत्तराधिकारीका रुपमा समेत हेर्ने गरेका छन् ।
			
															
															
															
															
															
															
															
															
															
															
															
															
															
															
			


प्रतिक्रिया दिनुहोस्