काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू र आफ्ना सहकर्मीलाई चुनाव लड्न नदिए देशमा फेरि चुनाव नहुने चेतावनी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार आयोजना गरेको वृहत् राजनीतिक संवादमा चौधरीले भने, “यदि रेशम थारू, लक्ष्मण थारू र धनिराम थारूलाई चुनाव लड्न दिइएन भने देशमा फेरि चुनाव हुँदैन।” उनले आफूलाई चुनाव लड्न नदिने कुरा जेनजी अगुवा पुरुषोत्तम यादवले गर्दै हिँडेकोप्रति आपत्ति जनाउँदै भने, “देश परिवर्तन गर्ने हामी, अधिकारका लागि लड्ने हामी, तर कलम चलाउनेले फैसला गरिदिने ? त्यो हामीले किन मान्ने ?”
			
															
															
															
															
															
															
															
															
															
															
															
															
															
															
			


प्रतिक्रिया दिनुहोस्