काठमाडौँ — ग्लाइड सिटी स्केटपार्कको आयोजनामा तथा नेपाल स्केटिङ र स्केटबोर्डिङ एसोसिएसनको सहयोगमा सम्पन्न ग्लाइड फेस्ट २०२५ भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ । स्केटिङ खेलको प्रवर्द्धन तथा प्रतिभावान युवा स्केटर्सलाई अघि बढाउने उद्देश्यले आयोजित यो प्रतियोगितामा बाल–किशोरदेखि युवासम्मको उत्साहपूर्ण सहभागिता रहेको थियो। प्रतियोगिता जुनियर (१० वर्षसम्म) र सिनियर (१० वर्षभन्दा माथि) गरी दुई विधामा संचालित भयो । उत्कृष्ट प्रदर्शनका आधारमा विजेताहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो । जुनियर समूह (१० वर्षसम्म) विजेता: प्रथम: सुवास श्रेष्ठ, द्वितीय: एन्जे शेर्पा, तृतीय: सुवर्ण अधिकारी सिनियर समूह (१० वर्षभन्दा माथि) विजेता: प्रथम: रामु थारु, द्वितीय: बिपिन मगर, तृतीय: आर्यन रहेका छन् । प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको अवसरमा ग्लाइड सिटी स्केटपार्कका प्रबन्ध निर्देशक बसन्त पन्तले विजेता र सहभागी सबैलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दै आगामी वर्ष झनै ठूलो, व्यवस्थित र रोमाञ्चक ‘ग्लाइड फेस्ट’ आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे । ग्लाइड फेस्ट २०२५ ले नेपाली स्केटिङ समुदायमा नयाँ उर्जा र प्रेरणा भरेकोछ । आयोजकका अनुसार भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गर्दै स्केटिङ खेललाई अझ व्यापक रूपमा विस्तार गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्