Skip to content

“युवा आन्दोलनले भ्रष्टाचारविरुद्ध आशा दिएको छ, तर उग्रता बढे सार्वभौमसत्ता कमजोर पर्छ” – चन्द

काठमाडौं — देशभर फैलिएको GEN-Z आन्दोलनले भ्रष्टाचार, अनियमितता र युवा पलायनविरुद्ध जनआक्रोश सडकमा आईरहेका बेला नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य तेज चन्दले संयमित र जिम्मेवार दिशानिर्देशन अपरिहार्य रहेको बताएका छन्।उनका अनुसार, आन्दोलनले जनचेतना बढाएको भए पनि “उग्र विचारधारामा नियन्त्रण नहुँदा लोकतन्त्र र सार्वभौमसत्ता नै कमजोर बन्ने” खतरा छ। चन्द भन्छन्— अब दलहरूको बहस नेतृत्व हस्तान्तरण मात्रै होइन, “देशलाई कसरी पुनर्निर्माण गर्ने र लोकतन्त्रलाई कसरी पुनर्स्थापना गर्ने” मूल मुद्दातर्फ केन्द्रित हुनुपर्ने समय आएको छ।

प्रतिक्रिया दिनुहोस्