काठमाडौँ – नेपालको मौसम प्रणालीमा अहिले दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
जसको कोशी, मधेस र बागमतीमा प्रभाव आंशिक प्रभाव रहेको छ । मंगलबार दिउँसो कर्णाल, सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । आज राति भने देशभर मौसम सफा रहनेछ ।




प्रतिक्रिया दिनुहोस्