Skip to content

‘ओलीले अब पार्टीबाट बिदा लिनुपर्छ’ : एमाले नेता कर्ण थापा

 

काठमाडौं — नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भावना बुझेर नेतृत्वबाट बिदा लिनुपर्ने बताएका छन्। ईश्वर पोखरेल पक्षधरले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले ओलीले बिदा लिए मात्र उहाँको सम्मान बढ्ने र गरेको योगदान जनतामाझ स्थापित हुने दाबी गरे। उनले भने, ओली नहटे पार्टी र कम्युनिस्ट आन्दोलन नै संकटतिर धकेलिनेछ। थापाले ११औँ महाधिवेशनले नेतृत्वसहित कम्युनिस्ट आन्दोलनको दिशा तय गर्ने भएकाले स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको बताए। उनले ओलीको सान्दर्भिकता अब सकिएको उल्लेख गर्दै “भजनमण्डली बनाएर अरु अयोग्य देखाउने काम बन्द गर्न” आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्