काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चरणमा नपुगेको स्पष्ट गरेका छन् ।सोमबार राति बालेनसँग भएको छलफल बारे प्रतिक्रिया दिदै लामिछानेले बालेनलाई प्रधानमन्त्री बनाउने चरणमा नपुगेको बताएका हुन् । लामिछानेले अन्य शक्तिहरुसँग पनि छलफल गर्ने र सकेसम्म सबै एक ठाउमा आउने प्रयास गरिरहेको बताए ।लामिछानेले भने- हामीले शुरुमा पनि भनेका थियौं, परिवर्तनमा लागेका सबैलाई संवाद मार्फत एक ठाउमा ल्याउने प्रयासस्वरूप अगाडी बढी नै रहेका छौं । यसलाई टुंगोमा पुर्याउने गरि संवाद शुरु भएको छ । बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भन्ने चरणमा हामी प्रवेश गरेका छैनौं । पहिला थाहा हुनुपर्यो, एक अर्कासँग परिस्थिति बारे जानकारी लिनुपर्यो । विस्तारै हामी राजनीतिक चरणमा प्रवेश गर्छौं ।’लामिछानेले आफुहरु दुई जना मात्र बसेको वार्तामा सबैले आफ्नो किसिमले टिप्पणी नगर्न समेत उनले आग्रह गरे ।बालेन र लामिछानेबीच सोमबार करिब ६ घण्टा भेटवार्ता भएको थियो ।





प्रतिक्रिया दिनुहोस्