काठमाडौँ – नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्ने भएका छन् । उनलाई परराष्ट्र मन्त्री बनाउने तयारी छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त नियुक्त गर्ने र आजै शपथ गराउने तयारी छ । स्रोतका अनुसार उनको शपथ आजै हुनेछ । शर्मा माओवादी लडाकूलाई शान्तिप्रक्रियामा आएपछि सेनामा समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजक थिए । यस्तै उनले तत्कालीन केपी शर्मा ओलीको सरकार हुँदा कोभिड-१९ को महामारीको बेलामा गठन भएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीको जिम्मेवारी पाएका थिए। उनले सिसिएमसीमा सिइओ भएर काम गरेका थिए । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नेपालमा स्थापनाको चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखसमेत थिए । सेनाका पुर्वरथी शर्माले फोर्स कमाण्डरको रूपमा समेत काम गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्