Skip to content

सानेपा पुगेर शेखर कोइरालाले भने – ‘कांग्रेस कहाँ यस्सै फुट्छ यार !’

नेपाली कांग्रेस फुटको संघारमा पुगेको चर्चा चुलिँदै गएको बेला संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाले पार्टी नफुट्ने ठोकुवा गरेका छन् । पार्टी कार्यालय सानेपा पुग्ने क्रममा सञ्चारकर्मीको प्रत्यक्ष प्रश्नमा उनले छोटो प्रतिक्रिया दिंदै यस्तो बताए । सञ्चारकर्मीले, ‘डा. साब, पार्टी त फुट्यो होइन?; भनेर सोध्दा हिँड्दै गरेका कोइरालाले तत्काल प्रतिक्रिया दिए, ‘फुट्दैन, फुट्दैन, यस्सै कहाँ फुट्छ यार।’  पार्टी जोगाउन सक्नुहुन्छ त भन्ने अर्को जिज्ञासामा कोइरालाले भने, ‘सक्छौं नि, किन सक्दैनौं ?’

प्रतिक्रिया दिनुहोस्