धनगढी – कैलालीको गोदावरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ७ बजेतिर सुपप्र ०१–००९ प ७५८१ नम्बरको एनएस र सुपप्र ०१–०१० प ३१८७ नम्बरको अर्को मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।दुर्घटनामा धनगढी उपमहानगरपालिका २ सन्तोषी टोल बस्ने २२ वर्षीय हरिष ओली, गौरीगंगा नगरपालिका १ बस्ने २५ वर्षीय योगेन्द्र शाह र गोदावरी नगरपालिका १ बस्ने २६ वर्षीय हरि पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा गोदावरी नगरपालिका–६ बस्ने २३ वर्षका जीवन पाठक गम्भीर छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्