काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका नेताले भेटवार्ता गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत नेता प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुग्नुभएको हो ।
भेटमा नयाँ सरकार गठन, राजनीतिक समीकरण र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री निजी सचिवालयले जनाएको छ । उक्त भेटमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगै कांग्रेस उपसभापति पुष्पा भुसालसमेत सहभागी हुनुहुन्थ्यो ।





प्रतिक्रिया दिनुहोस्