Skip to content

काँग्रेसको केन्द्रीय प्रतिनिधिका रुपमा डडेल्धुरा खटाइए गणेश भट्ट

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनको औपचारिक कार्य प्रारम्भ गरेको छ । पार्टीले ‘एक महिने जरा अभियान’ घोषणा गर्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष अभिमुखीकरण कार्यक्रमसँगै महाधिवेशनको कार्यतालिका अनुसारका गतिविधिहरू अगाडि बढेका हुन् । अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले ‘जरा अभियान’को उद्देश्य र आवश्यकताका बारेमा प्रकाश पारे । उनले पार्टीको संगठनलाई तल्लो तहसम्मै जीवन्त बनाउन यो अभियान कोसेढुङ्गा सावित हुने बताए । त्यस्तै, युवा नेता प्रताप पौडेलले विशेष महाधिवेशनबाट पारित विधान, खटिने प्रतिनिधिहरूको कार्यविधि र प्राविधिक पक्षका बारेमा जानकारी गराए । सुदूरपश्चिमका ९ जिल्ला मध्ये डडेल्धुरामा दार्चुलाका गणेश राज भट्ट खटाइएका छन् । भट्टले नेवि संघबाट राजनीति प्रारम्भ गरेका हुन् । उनी नेपाल विद्यार्थी संघको उपसभापति भइसकेका छन् । दार्चुलाबाट राष्ट्रिय सभा सदस्यको लागि समेत भट्ट सिफारिस भएका थिए ।

प्रतिक्रिया दिनुहोस्