Skip to content

डोजर आतंक चल्दा कांग्रेस कम्युनिष्टले देखाएको मौनता कहालीलाग्दो छ : पूर्ण बस्नेत

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सुकुम्बासी वस्तीमा सरकारी डोजरले निम्त्याएको विपत्ति, नागरिकको बिचल्ली र चित्कारभन्दा कांग्रेस कम्युनिष्टको यतिबेलाको मौनता कहालीलाग्दो रहेको बताएका छन् । लामो समय शासनसत्ता सम्हालेका कांग्रेस कम्युनिष्टले जनताको विपतमा मुकदर्शक बनेको भन्दै बस्नेतले उक्त टिप्पणी गरेका हुन् ।
बस्नेतले भने, ‘३६ वर्षको शासनकालमा सबैथोक गरेपनि सुकुम्बासी वस्तीमा डोजर लगाउने काम गर्न नसकेकोमा केही कांग्रेस कम्युनिष्टमाा पछुतो देखिन्छ भने केही कांग्रेस कम्युनिष्टमा डोजर आतंक अझै बढ्नुपर्छ भन्ने अभिष्ट देखिन्छ ताकी आगामी निर्वाचनसम्म कांग्रेस कम्युनिष्टको मत परिणाममा सुधार आओस् ।’ बिना पूर्व तयारी नागरिक वस्ती उजाड बनाउने सरकारी कदमका विरुद्ध जाने कांग्रेस कम्युनिष्टसँग नैतिक ताकत र अधिकार समाप्त भइसकेको उनको आरोप छ ।

सुकुम्बासी वस्तीमा डोजर चल्दा अधिकांश मध्यम वर्गमा देखिएको उत्साह र खुसी अनि वास्तविक सुकुम्बासीको व्यवस्थापन गरेको भन्दै रास्वपाले गर्ने झुटो प्रचारले नै आगामी निर्वाचनसम्म कांग्रेस कम्युनिष्ट सक्किने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्