Skip to content

दिलेन्द्र बडू सहित १९ जना केन्द्रीय समितिमा मनोनित, को-को परे ?

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । सभापति थापाले पूर्व पदाधिकारीमा रहेका सहमहामन्त्री जीवन परियार र महेन्द्र यादवलाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । परियार नेता डा. शेखर कोइराला निकट मानिन्छन् भने पूर्व सहमहामन्त्री यादव पूर्वसभापति देउवा पक्षधर हुन् । सभापति थापाले दिलेन्द्र बडू सहितका अन्य १९ जना नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गरेका छन् ।

विशेष महाधिवेशनपछि पहिलोपटक केन्द्रीय समिति सदस्य थपेका सभापति थापाले पूर्व पदाधिकारी र केन्द्रीय सदस्य थपेर आफ्नो नेतृत्वको समिति विस्तार गरेका हुन् ।

१. श्री महेन्द्र यादव — धनुषा

२. श्री जीवन परियार — कास्की

३. श्री उमेश श्रेष्ठ — चितवन

४. श्री रमेश रिजाल — पर्सा

५. श्री सुजाता कोइराला — मोरङ

६. श्री दिलेन्द्रप्रसाद बडू — दार्चुला

७. डा. चन्द्रकान्त भण्डारी — गुल्मी

८. श्री अजयकुमार चौरसिया — पर्सा

९. श्री लक्ष्मी परियार — उदयपुर

१०. श्री आङ्गेलु शेर्पा — सोलुखुम्बु

११. श्री दिनेशकुमार यादव — सप्तरी

१२. श्री राजीव कोइराला — सुनसरी

१३. श्री राजीव ढुंगाना — सुनसरी

१४. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान

१५. श्री सुशिला मिश्र भट्ट — कैलाली

१६. श्री नागिना यादव — महोत्तरी

१७. श्री दिनेश कोइराला — चितवन

१८. डा. जीवन राना — कैलाली

१९. श्री सीता थपलिया (उर्मिला) — धादिङ

प्रतिक्रिया दिनुहोस्