Skip to content

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपकाे सेमिफाइनलमा

काठमाडौँ – नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमाभएकाे समूह ‘ए’को आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो । नेपालल माल्दिभ्सलाई २५-१२, २५-९, २५-२० ले पराजित गरेको हो । लगातार दोस्रो जितपछि नेपाल तीन खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । भारत २ खेलबाट ५ अंकसहित दोस्रो र किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ । अब सोमबार हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्नै दोस्रो टोलीको टुंगाे लाग्नेछ । माल्दिभ्स समूहको तीनवटै खेलमा पराजित हुँदै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्