Skip to content

भेनेजुएला भूकम्पमा ३२ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते; अमेरिकी सहयोगप्रति भेनेजुएलाको धन्यवाद

काठमाडौं – भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको र ७ सयभन्दा बढी मानिस घाइते भएको जानकारी दिएकी छन्। मृतकबारे सार्वजनिक गरिएको यो पहिलो आधिकारिक विवरण हो । यसअघि अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले उक्त भूकम्पबाट १० हजारभन्दा बढी मानिसको ज्यान जान सक्ने सम्भावना ४४ प्रतिशत रहेको अनुमान सार्वजनिक गरेको थियो।

राष्ट्रपति रोड्रिगेजले सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति धन्यवाद व्यक्त गर्दै विपद्को समयमा अमेरिकी प्रशासन वेनेजुएलाका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएकी छन्  । फेसबुकमा प्रकाशित वक्तव्यमा उनले अमेरिकी सरकारले वेनेजुएलालाई सहयोग र ऐक्यबद्धताको भरोसा दिएको उल्लेख गरेकी छन् । रोड्रिगेजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा चिलीका राष्ट्रपति होसे एन्टोनियो कास्टलगायत विभिन्न अन्तर्राष्ट्रिय नेताहरूलाई पनि समर्थन र सहकार्यका लागि धन्यवाद व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्