Skip to content

एमाले नेता धामीको चेतावनी – ‘तेस्रो पुस्तालाई नेतृत्व नदिए एमालेबाट तन्नेरी पुस्ता बिदा हुन सक्छ’

काठमाडौं – नेकपा एमाले दार्चुलाका पूर्व अध्यक्ष तथा नौगाड गाउँपालिकाका २०७४ सालमा निर्वाचित अध्यक्ष प्रेम सिंह धामीले पार्टी र आन्दोलनको नेतृत्व अब तेस्रो पुस्तामा पुस्तान्तरण गर्न ढिलाइ गर्न नहुने बताएका छन् । उनले पार्टीलाई केवल नेतृत्व हस्तान्तरणको चरणमा सीमित नराखी पुस्तान्तरणको प्रक्रियामा लैजानुपर्ने धारणा राख्दै ढिलो भए तन्नेरी पुस्ता र अन्य पुस्ताका पार्टी योद्धाहरू एमालेसँग सम्बन्ध तोड्न बाध्य हुने चेतावनी दिएका हुन् । जनतामाझ लोकप्रिय नेताको छवि बनाएका धामीले बदलिँदो राजनीतिक परिवेशमा नयाँ पुस्तालाई नेतृत्वमा अघि सार्न नसके पार्टीभित्र असन्तुष्टि र दूरी बढ्न सक्ने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्