काठमाडौँ – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रुखको फेदमा बाँधेर चार बालबालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको हो । प्रहरीले ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोत्तान र ४२ वर्षीया निर्मला वाइवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । महिलाहरूले मङ्गलबार बालबालिकामाथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चारै जनालाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक घलेले बताए ।



प्रतिक्रिया दिनुहोस्