Skip to content

धनगढीमा भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु

धनगढी – धनगढीमा भारतीय गाडीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्युु भएको छ । धनगढी उपमहानगरपालिका-३ बोराडाँडी चोकमा युपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४प९५२ नम्बरको मोटरसाइकललाई आइतबार राति पौने १० बजेतिर ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार बैतडीको सिगास गाउँपालिकाका ४८ वर्षीय पदम चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका चन्दलाई उपचारका लागि तत्कालै माया मेट्रो अस्पताल लगिएको थियो । तर, उनको उपचारका क्रममा राति पौने ११ बजेतिर मृत्यु भएको हो । मोटरसाइकल चालक गौतम ऐर भने सकुशल रहेका छन् । दुर्घटनापछि भारतीय नम्बरको गाडी र चालक फरार भएका छन् । गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्