काठमाडौं – रसुवामा आएको भीषण बाढीमा परी ८२६ जना सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान सवा ८ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पर्यटक तथा स्थानीयवासीसहित ८२६ जना सम्पर्कविहीन भएका हुन् । प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा ४४ जना नेपाली सेना, २८ जना नेपाल प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् ।
त्यस्तै, रसुवाका १६१ जना र नुवाकोटका १ जना पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी तथा रसुवागढी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि उद्धार तथा बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको छ।



प्रतिक्रिया दिनुहोस्