Skip to content

सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ । खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार थप एक जना व्यक्तिको अहिले जीवितै उद्धार गरिएको छ । योसँगै जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा खटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्