Skip to content

सहमहामन्त्रीमा पराजित भएका जगदीश्वरनरसिंह केसीले के भने – लोकतन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खस आर्य) पदमा पराजित भएपछि नेता जगदीश्वरनरसिंह केसीले कर्मको बाटो इमानदारीपूर्वक हिँडिरहँदा त्यसको वास्तविक मूल्य समयले स्थापित गर्ने बताएका छन् । आफ्ना शुभचिन्तक तथा महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै उनले भनेका छन्–’मनहरू जोड्ने, सम्बन्धहरू जोगाउने र नेपाली कांग्रेसलाई अझ सुदृढ बनाउने मेरो यात्रा निरन्तर जारी रहनेछ।’ उनले पद प्राप्त गर्न नसक्नु निर्वाचनको परिणाम भए पनि साथीभाइको विश्वास र स्नेह आफ्नो लागि जीवनभरको अमूल्य पूँजी भएको बताएका छन् ।

उनले आफ्नो व्यक्तिगत चाहना र आकाङ्क्षा महामन्त्री पदमा रहे पनि पार्टी नेतृत्वको चाहना, समकालीन राजनीतिक परिस्थिति तथा अग्रज र साथीभाइहरूको आग्रहलाई सम्मान गर्दै अन्तिम चरणमा सहमहामन्त्रीको रूपमा उम्मेदवारी दिएको प्रस्ट पारेका छन् । यो निर्णय कुनै व्यक्तिगत महत्त्वाकाङ्क्षा नभई पार्टीभित्रको सहकार्य र सामूहिक भावनालाई सम्मान गर्ने प्रयास भएको उनले उल्लेख गरे । लोकतन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया भएको बताउँदै केसीले विजयी भएका मनोजमणि आचार्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्