काठमाडौँ – नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सले सानदार सुरुवात गर्दा सुदूरपश्चिम रोयल्सले लज्जास्पद पराजय व्यहोरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो । रोयल्सले दिएको ८८ रनको झिनो लक्ष्य लायन्सले ९.५ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा गर्यो ।


प्रतिक्रिया दिनुहोस्